+

नवीनले पाए तेक्वान्दोको सातौं डान

२०८१ असार  १६ गते १८:३२ २०८१ असार १६ गते १८:३२
नवीनले पाए तेक्वान्दोको सातौं डान

१६ असार, काठमाडौं । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् ।

श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ सम्म भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ सम्म भएको सेकेन्ड क्लास तेक्वान्दो पुम/डान प्रमोसन एक्जामिनर कोर्ष पनि उत्तीर्ण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई तीनै कोर्षको प्रमाण पत्र प्रदान गरे ।

श्रेष्ठले भियतनाममा भएको २३औं एसियाली तेक्वान्दो/पाँचौं तेक्वान्दो पुम्से च्याम्पियनसिप/चौथो एसियाली पारा खुला तेक्वान्दो, इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुद, युकेमा भएको म्यान्चेसटर २०१९ विश्व तेक्वान्दो, जोर्डनमा भएको अम्मान एसियाली तेक्वान्दो, पाकिस्तानमा भएको पाकिस्तान ओपन तेक्वान्दो जी–२ लगायत १५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

१५ प्रतियोगितामध्ये श्रेष्ठले २ प्रतियोगितामा उत्कृष्ट निर्णायको अवार्ड जितेका थिए । उनले जोर्डन र पाकिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट निर्णायकको अवार्ड जितेका थिए ।

तेक्वान्दो नवीनकुमार श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय