+
+

यथास्थितिमा देश अगाडि जान सक्दैन : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १८:३९

१६ असार, काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए ।

उनले भने, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दि गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो ।’

उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उल्लेख गरे । उनले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए ।

‘अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो । उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योगहरु र त्यो बिस्तारै गएर ठूला उद्योगहरुमा परिणत हुनसक्छ ।’ उनले भने ।

उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताए ।

उनले भने, ‘ हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ ।’

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए ।उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौती रहेको बताए ।

गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताए । देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने बताए । अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?