+
+

पुल्चोक क्याम्पसका २८ विद्यार्थीले इन्टर्नमार्फत पारिश्रमिक पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १८:४४

१६ असार, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत २८ जना विद्यार्थीले विभिन्न कम्पनीमा इन्टर्नसिप गरेबापतको न्यूनतम पारिश्रमिक पाउने सम्झौता भएको छ ।

आइतबार नेपाल विद्यार्थी संघ नेविसंघको पहलमा ६ वटा कम्पनीसँग इन्टर्नसिप गर्ने २८ विद्यार्थीलाई न्यूनतम १५ हजार पारिश्रमिक दिने सम्झौता भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

उनका अनुसार चौधरी ग्रुपमा १० जना, शर्मा कन्स्ट्रक्सनमा २ जना, लामा कन्स्ट्रक्सनमा २ जना, टेक्नोक्वेरी कन्सल्ट्समा १० जना, कान्छाराम कन्स्ट्रक्सनमा २ जना र बलियो भेन्चर्समा २ जना गरी सिभिल मेकानिकल, केमिकाल र इलेक्ट्रिकल इन्जियिरिङ अध्ययनरत २८ जना विद्यार्थीलाई इन्टर्नसिप गर्दा न्यूनतम १५ हजार पारिश्रमिक दिने सम्झौता भएको नेविसंघ अध्यक्ष शेर्पाले जानकारी दिए ।

आज पुल्चोक क्याम्पसमा सम्बन्धित कम्पनी, क्याम्पस प्रमुख र नेविसंघबीच सम्झौता भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसले सबै विषयका विद्यार्थीलाई ६ महिना अनिवार्य इन्टर्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

गत ६ असारमा पुल्चोकका११ विद्यार्थीका लागि विभिन्न कम्पनीसँग इन्टर्नसिप गरेवापत न्यूनतम पारिश्रमिक सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?