+
+

२०८२ वैशाखभित्रै जिल्ला अधिवेशन सक्ने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १९:२२

१६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यान दिएर २०८२ वैशाखभित्रै सबै जिल्लाको अधिवेशन सक्ने निर्णय गरेको छ ।

आइतबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहको चॅाडो निर्वाचन गर्नुपर्ने निश्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठकले जिल्ला अधिवेशनको कार्यविधि पनि संशोधनसहित पारित गरेको छ । कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिका बनाउने विषय समावेश छ ।

त्यस्तै केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने गरी र जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय पनि गरेको छ ।

राप्रपाले बाढी पहिरोका कारण जनधनको क्षति हुन थालेको भन्दै सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ । त्यस्तै वर्षातले पुऱ्याउन सक्ने सम्भावित क्षतिप्रति चनाखो बन्न, बाढिपहिरो लगायतका घटना भइहालेमा तुरुन्तै क्रियाशील बन्न सबै तहका पार्टी कमिटी र सदस्यलाई आग्रह गरेको छ ।

खेतीको समय सुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन पनि राप्रपाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?