+

बोसियामा सुवेज्ञालाई स्वर्ण

२०८१ असार  १६ गते १९:३९ २०८१ असार १६ गते १९:३९
बोसियामा सुवेज्ञालाई स्वर्ण

१६ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत बोसियाको बीसी टु स्पर्धाको महिलामा सुवेज्ञा खतिवडा पहिलो भएकी छन् । सीताकुमारी ढकाल दोस्रो तथा साधना घिमिरे तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बीसी थ्रीको मिक्समा मलिना खड्गी पहिलो, कृष्टिन मगर दोस्रो र युनिशा लिम्बू तेस्रो बने । बीसी टुको मिक्समा इन्द्र अवालले स्वर्ण, विशाल श्रेष्ठले रजत र ललिता बस्नेतले कास्य जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको बीसी टु पेयरमा उमंगराज कार्की र जिज्ञासा अधिकारी पहिलो, सुरन्जन रावत र लक्ष्मी मगर दोस्रो तथा सुमन पलिखेल र कृष्णा तेस्रो भए । पुरुषको बीसी फोरमा आयन पुजारीले स्वर्ण, विष्णु घिमिरेले रजत र कोषबहादुर थापाले कास्य जिते ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, आयोजक बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ६० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेको अध्यक्ष पौडेलले जनाएकी छन् ।

पारा विशेष खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय