+
+

महिनाको दुई किस्ता भुक्तानी हुने सहमतिपछि दुग्ध किसानको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १९:५५
फाइल तस्वीर

१६ असार, काठमाडौं । सरकारले माग सम्बोधन गर्ने भएपछि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संघबीच आइतबार १० बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो ।

सहमति अनुसार प्रत्येक दुग्ध उद्योगले दूध उत्पादक किसानसँग दूध खरिद गरेबापत हरेक महिनाको रकम दुई किस्तामा भुक्तानी गर्ने गरिने छ । जसअनुसार महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ गतेभित्र र बाँकी १५ दिनको भुक्तानी अर्को महिनाको १० गतेभित्र हुनेछ । यो असारबाट लागु हुनेछ ।

त्यस्तै चैत २०८० सम्मको भुक्तानी हुन बाँकी रकममध्ये दुग्ध उद्योगले यही २७ असार सम्म उपलब्ध गराउने तथा वैशाख र जेठ २०८१ को बक्यौता अगामी भदौभित्र चुक्ता गर्ने सहमति भएको छ ।

यसैगरी दूध तथा दुग्ध पदार्थ निर्यात गर्ने विकल्प सहजीकरण गनै निजी, सहकारी तथा सरकारी डेरी उद्योगलाई निर्यात प्रवद्र्धनका लागि सहुलियत प्रदान गर्न मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।

किसान र दुग्ध उद्योगले बैंकबाट लिने ऋणमा लाग्ने ब्याजमा सहुलियत दिन मन्त्रालयले सहजीकरण गर्ने र दुग्ध उद्योगलाई कर्जा सहुलियतका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने, निर्यात प्रवर्द्धन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा कार्यदल बनाउने लगायत सहमति भएको छ ।

हेर्नुहोस् सहमतिपत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?