+
+

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते २०:२०

१६ असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।

समितिले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ । समितिले आइतबार सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारले ३० असारसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्यप्रति आशा जगाउनका लागि उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीको नियुक्त गर्ने प्रकृयाको नेतृत्व लिनसक्ने दुरदृष्टि, दृढ, नेतृत्वशैली प्रकट गरी कार्य गर्न सक्ने, रचनात्मक तथा सिर्जनात्मक तथा सञ्चार क्षमतालगायत योग्यता भएको उम्मेद्वारको खोजी गरिरहेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?