+
+

यस्तो छ ‘१२ गाउँ’मा विराज भट्टका छोराको डेब्यु लुक्स, दशैंमा प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते २०:४०

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘१२ गाउँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । दशैंमा प्रदर्शनमा आउने यो फिल्मबाट भट्टका छोरा समीरले घरेलु फिल्ममा डेब्यु गर्दैछन् ।

फिल्मको निर्माण घोषणादेखि नै फिल्म चर्चाको शिखरमा छ । फिल्मले नेपाली फिल्मको एक्सनलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको छ ।

निर्देशक भट्टका अनुुसार दुई सातामा छायांकन टुंगिनेछ । एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्ने तयारी छ ।

‘एक्सन स्टार’का रुपमा परिचित विराजले आफ्नो छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताउँछन् । यही फिल्मबाट डेव्यु गर्न लागेका छोरा समिरले दशकदेखि मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यु गरेका हुन् । समीरले मुम्बईमा किशोर–नमितबाट अभिनय प्रशिक्षण लिएका थिए ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म प्रडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको डान्स कोरियोग्राफी, प्रवीण केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट एक्सन कोरियोग्राफर ल्याएका छन् । तामिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेलको छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?