+
+

रास्वपाबाट राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते २१:१६

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो ।

जसमा २४० भन्दा बढी सुझाव आएको र तीमध्ये ७ जनाको नाम अन्तर्राष्ट्रिय विभागले सभापति रवि लामिछानेलाई बुझाएको छ । तर लामिछानेले उपाध्यक्ष वाग्ले र खनाललाई जिम्मा दिएका रास्वपाले जानकारी दिएको छ ।

राजदूत चयनका लागि रास्वपाले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग परामर्श गर्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?