+
+

जीवनोपयोगी शिक्षा र उत्कृष्ट नतिजाका लागि डीएभी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १६:३९

काठमाडौं । एसईई नतिजा सार्वजनिक भएसँगै विद्यार्थी एउटै प्रश्नमा रुमल्लिएका छन्, अब कहाँ पढ्ने ?

किन पनि यो प्रश्न स्वभाविक छ भने कक्षा ११ र १२ उच्च शिक्षाको जग मानिन्छ । भविष्यमा के पढ्ने, के बन्ने, कुन क्षेत्रमा दक्षता हासिल गर्ने भन्ने कुराको धरातल कक्षा ११ र १२ ले निर्माण गर्छ । अतः यसका लागि उपयुक्त स्कुल छनोटमा ध्यान दिन जरुरी छ ।

आफूले रोजेको स्कुल कस्तो हो ? त्यसको शैक्षिक इतिहास जान्न जरुरी हुन्छ । व्यवस्थापन कति चुस्त र छरितो छ ? शिक्षकहरु कति रचनात्मक र योग्य छन् ? कक्षाकोठा कति स्रोत सम्पन्न छ ? पढाइका साथ खेल र कला-मनोरञ्जनलाई कति प्राथमिकतामा राखेको छ ? प्रयोगशाला, पुस्तकालय कस्तो छ ? यावत् कुरालाई हेरेर विद्यार्थी तथा अभिभावकले स्कुल रोज्नु उपयुक्त हुन्छ ।

ललितपुरको जावलाखेलस्थित डीएभी यस्तै एक स्कुल हो, जुन गुणस्तरीय शिक्षा, परिणामुखी नतिजाका लागि कहलिएका छन् । प्रिन्सिपल सुमन बस्नेत भन्छन्, ‘विद्यार्थीमैत्री वातावरण, रचनात्मक पठन विधिका कारण डीएभी काठमाडौं उपत्यकाभित्रको उत्कृष्ट कलेज बन्न सफल छ ।’

प्रस्तुत छ, विद्यार्थी तथा अभिभावकको रोजाइ बनिरहेको डीएभीका प्रिन्सिपल बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

एसईईपछि कक्षा ११ छनोट गर्न विद्यार्थीले के कुरामा ध्यान दिनुपर्छ ?

यसका लागि मूलत: पाँचवटा कुरालाई ध्यान दिन जरुरी छ ।

पहिलो, त्यहाँको पठन पद्धति । पढाउने तरिका कस्तो छ ? कति व्यावहारिक र प्रयोगात्मक छ ? थाहा पाउनुपर्छ ।

दोस्रो, त्यहाँ उपलब्ध शैक्षिक स्रोत । विद्यार्थीलाई पढाउन, बुझाउनका लागि आवश्यक शैक्षिक स्रोतहरु के कस्ता छन् ? पुस्ताकालय, प्रयोगशाला कस्तो छ ? थाहा पाउनुपर्छ ।

तेस्रो, विद्यालयको इतिहास र व्यवस्थापन । उक्त विद्यालयको शैक्षिक इतिहास कस्तो छ ? विगतमा कस्तो नतिजा हासिल गर्दै आएको छ ? कति दक्ष व्यवस्थापक समूहले हाँकेको हो ? यो कुरा जान्नुपर्छ ।

चौथो, पढाइसँगै जीवनका कुरा । पढ्नु मात्र पर्याप्त छैन । पढेका कुरालाई उनीहरुले आफ्नो जीवनमा कसरी सदुपयोग गर्छ ? यो महत्वपूर्ण पाटो हो । साथै पढाइले उनीहरुको सोच, चिन्तन, जीवनशैलीमा पनि प्रभाव पार्नुपर्छ । यसका लागि विद्यालयले विभिन्न गतिविधि सञ्चालन गरेका हुन्छन् । आफूले रोजेको विद्यालयमा त्यस्ता गतिविधि हुन्छ ? यी कुरा थाहा पाउनुपर्छ ।

पाँचौं, सेवा सुविधा । कलेजको पूर्वाधार कस्तो छ ? कति विद्यार्थीमैत्री छ ? त्यहाँ प्रयोगशाला, पुस्तकालय छ ? क्यान्टिन छ ? यातायातको सुविधा के छ ? यावत् कुराबारे पनि थाहा हुनुपर्छ ।

अब डएभीको कुरा गरौं, यो कस्तो स्कुल हो ?

डीएभीको भौतिक पूर्वाधार सुविधा सम्पन्न छ । हाम्रा कक्षाकोठाहरु विद्यार्थीमैत्री छन्, खुला वातावरण, सुविधासम्पन्न आधुनिक पुस्तकालयको व्यवस्था छ । दक्ष तथा अनुभवी शिक्षकहरुले अभ्यासमा आधारित र प्रविधिमैत्री पठनपाठन गराउँछन् ।

किशोरावस्थाका विद्यार्थीका रुचि, चाहनालाई प्राथमिकता साथ बुझ्ने र त्यहीअनुसार पठनपाठन गराउने कोसिस गर्छौं । उनीहरुको चाहना, क्षमता अनुसार व्यक्तित्व विकासको लागि सहयोग गर्छौं । विद्यार्थीको मानसिक तथा शारीरिक स्फूर्तिका लागि खेलकुद गतिविधि जरुरी रहेकाले विभिन्न खेलकुदहरु चेस, फुटसल, क्रिकेट लगायतका गतिविधिहरु गराउँछौं ।

विद्यालय प्राङगणभित्रै फुटसल ग्राउन्ड, क्रिकेट पिच, बास्केटबल कोर्टको व्यवस्था भएकाले खाली समयलाई सदुपयोग गर्न सक्छन् । सफा खाजाघरको सुविधा छ । जहाँ विद्यार्थीले स्वस्थकर खाजा तथा खाना खान पाउँछन् ।

कुन विषय पढ्न डीएभी आउने ?

हामीकहाँ कुनै एक विशेष विषय पढ्न आउने भन्ने छैन । सबै विषयलाई उत्तिकै महत्व दिएर गुणस्तरीय शिक्षा दिइरहेका छौं । हामीले ११, १२ पढाउन थालेको २० वर्ष भयो । पहिला विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय अनुसार पढाइ हुने विषयहरु पढाइ हुन्छन् । अहिले ११, १२ विद्यालय तहमा राखिएपनि विषय भने तीनै हुन् । र, यी सबै विषयमा उत्तिकै महत्वका साथ प्रभावकारी तरिकाबाट पढाउँछौं । कुनै एक विशेष भन्ने छैन ।

हाम्रो पढाइ सिर्जनात्मक अभ्यासमा आधारित हुन्छ । विषय सम्बन्धित फिल्ड भिजिट गराउँछौं, जसले विद्यार्थीलाई बुझ्न र सिक्न सहज बनाउँछ । जसकारण राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेका छौं । इन्जिनियरिङ अध्ययन संस्थान तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति पाउने तथा समग्रमा सफल हुने विद्यार्थीमध्ये डीएभीको हुने गरेकाले पनि हामीले गुणस्तरीय शिक्षा दिइरहेका छौं भन्ने पुष्टि हुन्छ । सबै विषयको पढाइमा उपत्यकाभित्रकै डीएभी उत्कृष्ट हो भन्ने हाम्रो दाबी हो ।

अरु पनि थुप्रै विद्यालय छन् । डएभी नै किन रोज्ने त ?

विद्यार्थीको रुचि र चाहनालाई हामी प्राथमिकता दिन्छौं । कक्षा ११ मा मात्रै एक हजार विद्यार्थी भर्ना क्षमता रहेको विद्यालयका सबै विद्यार्थीले समान रुपमा प्राथमिकता पाउँछन् । १२ कक्षापछि कुन क्षेत्रमा जान चाहना तथा रुचिअनुसार करिअर काउन्सिलिङ दिन्छौं । कुनै विषयमा विद्यार्थी कमजोर देखिएको अवस्थामा त्यसलाई सुधार गर्न हरसम्भव सहयोग गर्छौं । अर्को पढाइसँगै कोडिङ, प्रोग्रामिङ, जर्मन भाषा, योगा जस्ता अतिरिक्त सीप सिकाउँछौं ।

अर्को महत्वपूर्ण कुरा, हामी पढाइसँगै समाजमा मिलेर बस्नको लागि आवश्यक संस्कारसहितको अनुशासन सिकाउँछौं । इन्जिनियरिङ तथा चिकित्सा शिक्षा क्षेत्रमा जान चाहने विद्यार्थीको प्रि-इन्जिनियरिङ तथा प्रि-मेडिकल कक्षा पनि गराउँछौं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि विभिन्न विदेशी विश्वविद्यालयसँग जोड्छौं । आवश्यक परामर्श दिन्छौं । हाम्रो पठनपाठनशैली विद्यार्थीलाई दिइने महत्वकै रुचाइरहेका छन्, जसले गर्दा पूर्व विद्यार्थीमार्फत उनीहरुका भाइबहिनी तथा आफन्तहरु भर्ना हुन आउने गरेका छन् ।

विद्यार्थीले पाउनैपर्ने सुविधा अरु के छ ?

शिक्षामा सबैको समान पहुँच होस् भन्ने हाम्रो चाहना हो । त्यसैले हामीले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीका लागि विभिन्न तहका छात्रवृत्तिको विशेष व्यवस्था गरेका छौं । विज्ञान, व्यवस्थापन, मानविकीका सबै समूहमा छात्रवृत्तिको व्यवस्था छ । विद्यार्थीको क्षमता तथा आर्थिक अवस्थाअनुसार ५० देखि शतप्रतिशतसम्म छात्रवृत्ति दिंदै आइरहेका छौं । प्रत्येक कक्षाकोठामा स्मार्ट टेलिभिजनको व्यवस्था गरेका छौं ।

विद्यार्थीले अनिवार्य गर्नुपर्ने पावर पोइन्ट प्रेजेन्टेसन, आवश्यकताअनुसार भिजुअल कक्षा पनि हुन्छ । उपत्यकाभरिका विद्यार्थीका लागि बसको सुविधा छ । जहाँसुकैबाट अध्ययन गर्न आउन सक्छन् । साथै उपत्यकाबाहिरबाट आउने विद्यार्थीको लागि छात्रावासको पनि व्यवस्था छ ।

अन्य तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?