+

जर्जियालाई पराजित गर्दै स्पेन अन्तिम ८ मा, क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

२०८१ असार  १७ गते ६:४९ २०८१ असार १७ गते ६:४९
जर्जियालाई पराजित गर्दै स्पेन अन्तिम ८ मा, क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

१७ असार, काठमाडौं । जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो ।

खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफमा बराबरीमै सकिएको खेलको दोस्रो हाफमा भने स्पेन हाबी भयो । थप तीन गोल गर्‍यो । ५१औं मिनेटमा फाबियन रुइजले हेडरमार्फत गोल गरे । ७५औं मिनेटमा निको विलियम्स र ८३औं मिनेटमा ड्यानी ओल्मोले थप एक गोल गरेपछि स्पेन ४-१ ले विजयी भयो ।

क्वाटरफाइनलमा स्पेन र जर्मनीविरुद्ध खेल हुनेछ । जर्मनीले डेनमार्कलाई २-० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।

आयोजक जर्मनी र स्पेन दुवै टोली उपाधि दाबेदार मानिएका छन् ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय