+
+

इरानमा राष्ट्रपतिको निर्वाचन : बहुमत नपुगेपछि दोस्रोपटक मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते ६:३२

१७ असार, काठमाडौं । इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ ।

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले गत शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको थियो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान थिए ।

मसुदले सबैभन्दा धेरै भोट पाएका छन् । चुनाव आयोगका प्रवक्ता मोहसेन इस्लामीले सरकारी टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गर्दै २ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए ।

सबैभन्दा धेरै मत ल्याए पनि मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।

सबैभन्दा धेरै भोट पाएका मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले ५ जुलाईको निर्वाचनमा अधिक भाग लिन र देशलाई गरिबी, भेदभाव र अन्यायबाट जोगाउने पक्षमा उभिन आह्वान गरेका छन् ।

गत शुक्रबार भएको निर्वाचनमा एकदमै कम भोट खसेको बीबीसीले जनाएको छ । त्यसो हुनुमा इरानको सरकारप्रति बढ्दो असन्तोष कारण हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?