+

भेनेजुएलासँगै इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

२०८१ असार  १७ गते ८:१२ २०८१ असार १७ गते ८:१२
भेनेजुएलासँगै इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

१७ असार, काठमाडौं । भेनेजुएलाले कोपा अमेरिका २०२४ मा समूह सीका सबै तीन खेल जित्दै शतप्रतिशत जित निकालेको छ ।

यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको भेनेजुएलाले समूहको अन्तिम खेलमा सोमबारबिहान जैकालाई ३-० ले हरायो । लगातार तीन खेल जित्दै भेनेजुएला समहू सी को विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।

टेक्ससस्थित क्यु टु स्टेडियममा भएको खेलमा भेनेजुएलाका लागि एडुअर्ड बेलोले ४९औं, सालोमोन रान्डोनले ५६औं र एरिक रामिरेजले ८५औं मिनेटमा गोल गरे ।

भेनेजुएलाले यसअघि इक्वेडर र मेक्सिकोलाई पराजित गरेको थियो । लगातार तीन खेल हारेको जमैका अंकविहीन हुँदै बाहिरिएको छ ।

यसैगरी समूह सी कै अर्को खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनल पुगेको छ ।

बराबरीपछि दुवैको समान ४ अंक भएपनि गोल अन्तरका आधारमा इक्वेडरले मेक्सिकोलाई पछि पार्दै समूह सी को उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो ।

अब इक्वेडरले क्वाटरफाइनलमा समूह ए को विजेता तथा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।

यस्तै समूह बी को विजेता भेनेजुएलाले समूह ए को उपविजेता क्यानडासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय