+
+

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते ८:५८

१७ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।

बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ ।

एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूको दाबी छ । अध्यक्षका लागि माधव नेपालका साथै महासचिव घनश्याम पनि भूसाल आकांक्षि छन् ।

सर्वसम्मत चयन हुने अवस्था नभए नेपाल र भूसाल प्यानलसहित निर्वाचनमा जानेछन् ।

महाधिवेशनको आइतबार प्रज्ञा प्रतिष्ठानमा उद्घाटन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?