+
+

गोलभेँडा सस्तियो, यस्तो छ कालीमाटीमा तरकारीको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते ९:५७

१७ असार, काठमाडौं । गोलभेँडाको भाउ सस्तिएको छ । यसको आपूर्ति सहज भएसँगै एक सातामा गोलभेँडाको भाउ ३१ प्रतिशतसम्म घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार ठूलो गोलभेँडाको भाउ प्रतिकिलो अधिकतम ७० रुपैयाँ छ । त्यस्तै सानो लोकल गोलभेँडाको भाउ प्रतिकिलो १६ रुपैयाँमा झरेको छ भने टनेल गोलभेँडाको भाउ किलोको २६ रुपैयाँ छ ।

कालीमाटी बजारमा सोमबार रातो आलुको भाउ प्रतिकिलो अधिकतम मूल्य ६२ रुपैयाँ छ । त्यस्तै सुकेको प्याजको भाउ प्रतिकिलो अधिकतम ९५ रुपैयाँ छ । स्थानीय काउली प्रतिकिलो ७० रुपैयाँ, बन्दा ३०, तने बोडी ६०, घिउ सिमी ८०, राजमा १२०, तितेकरेला ४०, लौका ६०, परवर ३५ तथा घिरौंला ७० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ ।

समितिका अनुसार डल्ले च्याउ २४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, न्यूरो ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । विगत एक सातामा डल्ले च्याउको मूल्य ३६ प्रतिशत बढेको छ भने कुरिलोको भाउ स्थिर छ ।

एक सातामा आलुको भाउ ११ प्रतिशतसम्म घटेको छ । तीबाहेक बोडी, घिउ सिमी, घिरौंला पनि केही सस्तिएको छ । प्याज, बन्दा, तिते करेला तथा लौकाको भाउ बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?