+
+

*जाजरकोटमा पहिरोले पुरिंदा छोराको मृत्यु, बुवा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १०:०९

१७ असार, सुर्खेत । जाजरकोटमा पहिरोले पुरिंदा एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद सापकोटाका अनुसार बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।

प्रिन्सको घटनास्थलमै मृत्यु भएको सापकोटाले बताए ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

*जाजरकोट हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । – स.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?