
१७ असार, सुर्खेत । जाजरकोटमा पहिरोले पुरिंदा एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । उनका बुबा रमेश घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद सापकोटाका अनुसार बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।
प्रिन्सको घटनास्थलमै मृत्यु भएको सापकोटाले बताए । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
*जाजरकोट हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । – स.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4