+

पोर्चुगललाई नवआगन्तुक स्लोभेनियाको चुनौती

२०८१ असार  १७ गते १०:४९ २०८१ असार १७ गते १०:४९
पोर्चुगललाई नवआगन्तुक स्लोभेनियाको चुनौती

१७ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत प्रिक्वाटरफाइनलमा सोमबार राति पोर्चुगलले स्लोभेनियाको सामना गर्दैछ ।

स्लोभेनिया प्रतियोगिताकै नवआगन्तुक टिम हो । यस खेलसँग जोडिएका तथ्यांक यस प्रहार छन् :

– पोर्चुगलले लिग चरणमा चेक गणतन्त्र र टर्कीलाई हराएपछि अन्तिम खेलमा आफ्ना दोस्रो रोजाइका खेलाडी उतारेको थियो । त्यस खेलमा भने जर्जियाले उसलाई हराएको थियो । सन् २००८ को युरोमा ठ्याक्कै यस्तै भएको थियो र पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको थियो, जर्मनीविरुद्ध पराजित रहेर ।

– एउटा स्वतन्त्र देशका रूपमा स्लोभेनिया आफ्नो फुटबल इतिहासमै पहिलोपटक कुनै ठूलो प्रतियोगिताको नकआउट चरण खेल्दैछ । स्लोभेनियाले युरो २००० र विश्वकप २००२ तथा २०१० खेले पनि पहिलो चरणबाटै बाहिरिएको थियो ।

– स्लोभेनियाले यसपल्ट लिग चरणमा कुनै खेल नजितेर अन्तिम १६ मा पुगेको हो । तर, उसले यसपल्ट कुनै खेल पनि गुमाएको छैन् । उसका तीनै खेल बराबरीमा टुंगेको थियो ।

–फिफा वरीयताको आधारमा यो दुई टिमबीच दोस्रो सबैभन्दा अन्तर भएको नकआउट चरणको खेल हुनेछ । पोर्चुगल वरीयताको छैटौंमा छ भने स्लोभेनिया ५७ औं स्थानमा ।

– दुई टिमबीचको पछिल्लो खेलमा स्लोभेनिया विजयी रहेको थियो । उसले मैत्रीपूर्ण खेलमा पोर्चुगललाई २–० ले हराएको थियो ।

पोर्चुगल युरो २०२४ स्लोभेनिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय