+

फ्रान्स भर्सेस बेल्जियम : दुई छिमेकीको हेभिवेट भिडन्त

२०८१ असार  १७ गते ११:५८ २०८१ असार १७ गते ११:५८
फ्रान्स भर्सेस बेल्जियम : दुई छिमेकीको हेभिवेट भिडन्त

१७ असार, काठमाडौं । युरो २०२४ मा सोमबार राति फ्रान्स र बेल्जियम भिड्दै छन् । यो प्रिक्वाटरफाइनलको ठूलो खेल हो । खेल जित्ने टोली क्वाटरफाइनल पुग्नेछ भने हार्ने बाहिरिनेछ ।

यी दुई देश नजिकका छिमेकी हुन् । युरोपमै मात्र होइन्, विश्व फुटबलकै बलिया टोली हुन् । फिफा वरीयतामा फ्रान्स नम्बर २ हो भने बेल्जियम नम्बर ३ मा छ । त्यसैले यो यस युरोकै ब्लकबस्टर खेल मानिएको छ ।

यस खेलसँग तथ्यांक यस प्रकार छन् :

– सन् २०१८ को विश्वकप र सन् २०२१ को नेसन्स लिगको सेमिफाइनलमा फ्रान्स र बेल्जिम भिडेका थिए । दुवैमा फ्रान्स विजयी रहेको थियो ।

– सम्भवतः फ्रान्सेली कप्तान केयलिन एमबापेलाई नाकमा परेको चोट र उनले लगाउने गरेको प्रोटेक्टिभ मास्कको चर्चा अब सेलाएको छ । यसपल्टको युरोमा उनले एकै गोल मात्र गरेका छन्, त्यो पनि पोल्यान्डविरुद्ध पेनाल्टीमा ।

– यस प्रतियोगितामा फ्रान्स र बेल्जियम दुवैको प्रदर्शन अपेक्षा अनुसार राम्रो हुन सकेको छैन् । दुवै टिमका समर्थकले आफ्नो टिमको प्रदर्शनको खुलेर आलोचना गरिरहेका छन् ।

– बेल्जियम पछिल्ला दुई युरोमा क्वाटरफाइनलबाट बाहिरिएको छ ।

– युरो २०२० मा फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको थियो, टाइब्रेकरमा स्विट्जरल्यान्डविरुद्ध पराजित भएर ।

– यो खेलको विजेताले क्वाटरफाइनलमा सम्भवतः अर्को बलियो टिमको सामना गर्नेछ, पोर्चुगल । होइन भने स्लोभेनिया ।

फ्रान्स बेल्जियम युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय