+
+

जीवन विकास लघुवित्तलाई अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १२:२९

१७ असार, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको छ ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा ५६ देशका सहयोगी संस्थामध्ये नेपालको जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।

क्लब सपोर्टतर्फ जीवन विकासले अवार्ड प्राप्त गर्दा मेक्सिकोका सहभागीले क्लब सपोर्ट पर्सन अवार्ड र उत्कृष्ट क्लबको अवार्ड मलेसियाको क्लबले प्राप्त गरेको थियो ।

थ्री जिरो क्लब कन्भेन्सनमा मोहम्मद युनुसले जीवन विकासलाई अवार्ड हस्तान्तरण गरे । सन् २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए । थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् ।

बङ्गलादेशबाट सुरु भएको क्लब सञ्जाल ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८ सयभन्दा बढी छन् । तीमध्ये सबैभन्दा धेरै नेपालमा २ हजार पाँच सय थ्री जिरो क्लब छन् ।

नेपालमा सक्रिय रहेका क्लबमध्ये आधाभन्दा बढी १ हजार ४१८ वटा थ्री जिरो क्लब जीवन विकास लघुवित्त वित्तीय संस्थाले गठन गरेको थियो ।

पुरस्कार ग्रहण गर्दै जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए । ‘जीवन विकासले अवार्ड प्राप्त गर्नु हाम्रा लागि मात्रै होइन नेपालका लागि पनि गौरवको कुरा हो,’ उनले भने, ‘यो अवार्डले काम गर्नका लागि थप ऊर्जा मिलेको छ ।’

जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । ‘थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुन्छ । समाजले अपनत्व ग्रहण गर्छ । युवालाई अघि बढाउँदा धेरै सिक्न पाउँछन्, नेतृत्व विकास पनि हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत मण्डल भन्छन्, ‘हामीले क्लबमार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौं । हाम्रा हरेक कार्यमा थ्री जिरो क्लबका युवाहरू जोडिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?