+
+

‘कल्की’ ले चार दिनमा कमायो विश्वव्यापी ५५० करोड, हिन्दीमा मात्रै ११० करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १२:३१

काठमाडौं । दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । रिलिजको पहिलो दिन नै सिनेमा हलहरुमा दर्शकको जबर्जस्त भीड जुटाउन सफल फिल्मले हिन्दी क्षेत्रमा पनि प्रभासको स्टारडम साबित गरिदिएको छ ।

पहिलो सप्ताहन्तमै फिल्मले बक्स अफिसमा विश्वव्यापी ५५० करोड भारु भन्दा बढी कमाइ गरिसकेको छ । फिल्मले हिन्दी भर्सनमा मात्रै पनि जोडदार कमाइ गरेको छ । यसले प्रभासको स्टारडम दक्षिणमा मात्रै होइन, उत्तरी भारतमा पनि उत्तिकै रहेको प्रमाणित गरेको छ ।

बिहीबार रिलिज भएको ‘कल्की २८९८ एडी’ ले यस वर्षकै सबैभन्दा बढी हिन्दी ओपनिङ फिल्म ‘फाइटर’ लाई चुनौती दिएको थियो । ऋतिक रोशनको यो फिल्मले २४ करोड नेट कलेक्सन गरेको थियो । प्रभासको फिल्मले २२.५ करोड भारु कमाउँदै सन् २०२४ को धेरै ओपनिङ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ ।

दोस्रो दिन ‘कल्की’ को नेट इन्डिया कलेक्सन कम भयो, तर हिन्दी भर्सन भने बढेर २३ करोड पुग्यो । अझ उल्लेखनीय त के छ भने टी-२० विश्वकप क्रिकेटको फाइनलका दिन समेत फिल्मले २६ करोड कलेक्सन गर्न सफल भयो । रिलिजको चौथो दिन आइतबार फिल्मको हिन्दी भर्सनको कमाइ बढेर ३९ करोड पुग्यो ।

‘कल्की’ को हिन्दी भर्सनले चार दिनकै १०० करोडको आँकडा पार गरेको छ । यसले चार दिनमा ११० करोड कमाइ गर्‍यो ।

नाग अश्विन निर्देशित यो साइन्स-फिक्सन फिल्ममा प्रभासका साथै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?