+
+

कांग्रेस–एमाले शीर्ष नेताको भेटले आशाको सञ्चार गरेको छ : दीपक गिरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १२:४२

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको भेटले देशमा आशाको सञ्चार गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले भने, ‘चारैतिर निराशा फैलिरहेको बेला संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ ।’

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताए ।

‘निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न छलफल आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग समेत छलफल गरिनुपर्छ,’ उनले भने ।

कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको संवादबाट कसैलाई चिन्तित नहुन उनको आग्रह छ । ‘लोकतन्त्रका लागि लडेका दुई ठूला दलबीचको संवादबाट कोही पनि चिन्तित हुन आवश्यक छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?