+

धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

२०८१ असार  १७ गते १३:५० २०८१ असार १७ गते १३:५०
धेरै सुत्ने बानीले हुनसक्ने ५ स्वास्थ्य समस्या

स्वस्थ रहन राम्रो र पर्याप्त निद्रा अति आवश्यक हुन्छ । राम्रो र गहिरो निद्राले शारीरिक र मानसिक स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्छ । पर्याप्त निद्रा नपुग्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरूका अनुसार वयस्कहरूले दैनिक ७ देखि ९ घण्टा सुत्नु पर्छ । निद्राको कमीले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने कुरा प्रायलाई थाहा होला । तर निद्राको कमी मात्र हैन, बढी हुँदा धेरै सुत्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । आवश्यकता भन्दा धेरै सुत्दा यी गम्भीर ५ रोगको जोखिम बढ्न सक्छ ।

मोटोपन

धेरै सुत्दा मोटोपनको समस्याले सताउन सक्छ । धेरै सुत्दा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ । धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि दैनिक ९ देखि १० घण्टा भन्दा बढी सुत्ने मानिसहरूलाई मोटोपनको जोखिम बढेको छ । जसकारण पाचनसम्बन्धी समस्या पनि हुनसक्छ ।

मधुमेह

अत्याधिक सुत्दा मधुमेहको समस्या निम्तने सम्भावना पनि बढ्छ । जब हाम्रो शरीरले लामो समयसम्म कुनै शारीरिक गतिविधि गर्दैन, तब शरीरमा ग्लुकोजको स्तर बढ्न थाल्छ । यति मात्र होइन, धेरै सुत्दा इन्सुलिनको संवेदनशीलतामा नकारात्मक असर पर्न सक्छ, जसले टाइप – २ मधुमेहको जोखिम बढाउन सक्छ ।

ढाड दुख्ने समस्या

लामो समयसम्म सुत्दा ढाड दुख्ने, काँध र घाँटीको दुखाइ पनि निम्तिन सक्छ । धेरैबेर सुत्दा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । जसकारण शरीर दुख्ने समस्या सुरु हुन्छ । त्यसैले दिनमा सात-आठ घण्टा मात्रै सुत्नुपर्छ ।

 

डिप्रेसन

धेरै सुत्दा डिप्रेसन हुने सम्भावना पनि बढ्न सक्छ । धेरै लामो सुत्ने व्यक्ति अल्छी र सुस्त हुन्छन्, जसकारण उनीहरूलाई कुनै काम गर्न मन लाग्दैन । यस बाहेक उनीहरू निकै एक्लो महसुस गर्छन् । यस अवस्थालाई निरन्तरता दिंदा व्यक्तिमा बिस्तारै डिप्रेसनको समस्या निम्तिन सक्छ ।

मुटुरोग

लामो समय सुत्दा मुटुरोगको जोखिम बढ्छ । केही अध्ययनअनुसार आठ घण्टाभन्दा बढी सुत्ने मानिसमा हृदयघात र पक्षघातको जोखिम बढी हुन्छ । त्यसैले दिनमा आठ घण्टाभन्दा बढी सुत्नु हुँदैन ।

एजेन्सीको सहयोगमा

निद्रा मेटाबोलिज्म मोटोपना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय