+
+

वायुसेवा निगमको विकासमा ठोस योजना आवश्यक : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १२:५९

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमा रक्षा गर्नुपर्ने बताएका छन् ।

निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस संस्थाको विकासका लागि ठोस योजना आवश्यक रहेको समेत बताए ।

विभिन्न आरोह–अवरोहका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा अलग्गै छाप बनाउन सफल भएको निगमले आफ्नो गरिमामा आँच पुर्‍याउनु नहुने बताए ।

१७ असार २०१५ मा स्थापना भएको तत्कालीत शाही नेपाल वायुसेवा निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक कम्पनी हो ।

अहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रियमा ३६ गन्तव्यमा उडान राखेको निगमको आन्तरिक उडानको अवस्था दयनीय छ ।

अन्तर्राष्ट्रिय उडानमा समेत जहाजको कमी र भएका जहाजको अधिकतम उपयोग गर्न नसक्दा पछिल्लो समय निगमको छवि खस्कँदै गएको छ । साथै निगम चरम ऋणमा छ ।

डगलस डीसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतमा उडान थालेको निगमले २०२८ सालमा आफ्नो पहिलो जेट विमान बोइङ ७२७ बाट उडान थालेको थियो ।

२९ असार २०७७ सम्ममा निगमको कुल ७ विमान सेवामा प्रयोग गरिएको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक भए पनि यस संस्थाको व्यवस्थापन सुधारमा सरकार उदासिन छ । स्वयम् पर्यटनमन्त्री तामाङसँग समेत यो संस्थाको सुधारमा कुनै ठोस योजना भने छैन । उनले कार्यकाल सम्हालेयता निगम सुधारका लागि पहल लिएर आफ्नो दक्षता देखाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?