+
+

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १३:०५

१७ असार, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त भएका छन् ।

यसअघिका सदस्य सचिव शरदचन्द्र अधिकारीले पदावधि सकिनु अगावै राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले सदस्य सचिवमा सुवेदीलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्य सचिव सुवेदीले गैंडामा विद्यावारिधि गरेका छन् । कोषमा यसअघि उनी निर्देशकको रूपमा कार्यरत रहेको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए ।

कोषका सदस्य सचिवको कार्यकाल ५ वर्ष भए पनि समय अगावै राजीनामा दिए बाँकी कार्यकालका लागि अध्यक्षले सदस्य सचिव नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?