+
+

तत्काल सत्ता समीकरण बदलिने आशंकामा सत्यता छैन : सांसद सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १३:१५

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ठूला दलका शीर्ष नेताहरुबीच संवाद हुनु सकारात्मक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले पछिल्लो दुई दिन जतिका समाचारहरु र राजनीतिक घटनाक्रम नियाल्दा सिंगै राजनीति तरङ्गित भए जस्तो देखिएको बताए ।

‘तुरुन्तै दुई जना नेताहरु बस्ने बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने, समीकरण नै बदलिने परिस्थितिको जे भाष्य बनाउने, यथार्थ विश्लेषण बिना नै चाँडै निष्कर्षमा पुग्ने जे परिपाटी छ, यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । र सबै घटनाक्रम जोडेर हेर्दा त्यसमा सत्यता छ जस्तो पनि मलाई लाग्दैन’ सांसद सापकोटाले भने ।

शीर्ष नेताहरुका बीचमा संवाद हुनु सकारात्मक रहेको उल्लेख गर्दै उनले शीर्ष भेटमा देशको अर्थतन्त्र, मुलुकका समग्र विषयमा छलफल हुनुपर्ने बताए ।

जोडदार रुपमा आफ्ना अडान राख्ने र परि आउँदा एक ठाउँमा उभिने नेपाली संस्कार रहेको उल्लेख गर्दै उनले मुलुकका साझा विषयमा शीर्ष नेताहरुबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए ।

आर्थिक, सामाजिक मुद्दाहरुमा साझा धारणा बनाउन शीर्ष नेताहरुबीच बाक्लो छलफल हुनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?