+

इन्टरमिलानका कारण इटली युरोबाट बाहिरिएको प्रशिक्षक स्पालेट्टीको आरोप 

२०८१ असार  १७ गते १३:४३ २०८१ असार १७ गते १३:४३
इन्टरमिलानका कारण इटली युरोबाट बाहिरिएको प्रशिक्षक स्पालेट्टीको आरोप 

१७ असार, काठमाडौं । साविक विजेता इटली स्वीट्जरल्याण्डसँग पराजित हुँदै युरो २०२४ को अन्तिम प्रिक्वाटरफाइनलबाटै बाहिरियो ।

वर्लिनमा बेर्होरेको हारपछि इटालियन प्रशिक्षक लुसियानो स्पालेट्टीले त्यहाँको सिरीए क्लब देखि मिडियासम्मलाई आरोप लगाएका छन् । उनले पोष्ट म्याच कन्फ्रेन्समा राम्रोसँग सुरुआत गरेपनि धेरैलाई आरोप लगाए ।

उनले इटालियन एफए, स्थानिय मिडिया, समर्थक, खेलाडी र सिरी ए च्याम्पियन टोली इन्टर मिलानसम्मलाई हारको आरोप लगाए ।

स्पालेट्टीले छानेको २६ सदस्यीय टोलीमा इन्टरका ५ खेलाडी थिए । जसमा फेडेरिको डिमार्को, माटेओ डार्मिएन, अलेसान्ड्रो बास्तोनी, डेविड फ्राटेसी र निकोलो बरेला हुन् । त्यसमध्ये तीन खेलाडीले स्वीट्जरल्याण्ड विरुद्ध पहिलो रोजाईँमा खेलेका थिए ।

‘सिरी ए समाप्त भएसँगै यसको सुरुवात भएको थियो, स्पालेट्टीले भने, ‘इन्टर मिलानले पाँच खेल अघि नै उपाधि जित्यो र म उनीहरु व्यावसायिक नै हुनेमा पक्का थिए । प्रशिक्षक सिमोन इन्झाघीले उनीहरुलाई ट्रेनिङ गराख्छ भन्ने थियो । तर तपाईले त्यित चाँडै लिग जितेपछि त्यो लागु नहुने रैछ ।’

स्पालेट्टी २०२३ सेप्टेम्बर १ मा इटलीको प्रशिक्षक नियुक्त भएका थिए । उनले रोबर्टो मान्सिनीको स्थान लिएका थिए । मान्सिनी तिनै प्रशिक्षक हुन् जसले इटलीलाई २०२०को यर्रो उपाधि जिताएका थिए ।

स्पालेट्टीको इटलीको प्रशिक्षकको पहिलो खेलमा नर्थ मेसेडोनियासँग १-१ को बराबरीमा रोकिएको थियो । इटलीले युरो २०२४ मा अल्वानियासँग खेल्नुअघि उनीसँग ९ खेल बाँकी थिए ।

स्पालेट्टीले युरो अघि अन्य सबै प्रशिक्षकले २० देखि ३० खेल पाएको भन्दै आफूले जम्मा १० खेल मात्र पाएको बताए । यस्तै आफ्ना केही खेलाडी घाइते भएको समेत उनले बताए ।

यस बारेमा इटालियन एफए प्रमुख गेब्रिएल ग्राभिनाले स्पालेट्टीसँग आफूहरूको भरोसा भएको बताए ।

इटली फुटबल युरोकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय