+
+

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ३५ हजार बढीको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १४:१०

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

२३३ शाखा कार्यालयमार्फत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता भएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ ।

सातवटै प्रदेशमा सञ्चालित कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको बैंकको भनाइ छ ।

बैंकका अनुसार कोशी प्रदेशमा ३ हजार ५ सय, मधेशमा २ हजार २ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २ हजार ५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?