+
+

लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्न प्रमुख सचेतकहरुसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १४:१९

१७ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी विधेयकका विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे मन्त्री भण्डारीले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला र नेकपा माओवादी केन्द्र का हितराज पाण्डेसँग सहभागी थिए ।

छलफलमा मन्त्री भण्डारीले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न सहजीकरण गरिदिन प्रमुख सचेतकहरुसँग आग्रह गरे ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने बताए ।

एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

सरकारले लगानी सम्मेलनअघि लगानी सहजीकरणसम्बन्धी केही कानुन संशोधन गरेको थियो । उक्त कानुनमा रहेको हदबन्दी भन्दा बढीको जग्गा बैंकमा धितो राखेर ऋण लिन पाउने प्रावधानप्रति विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?