+
+

‘पञ्चायत’ की रिंकी भन्छिन्- फिल्ममा आएपछि नाम बदलें, शाहरुख र प्रियंका मेरा आदर्श

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १४:४२

काठमाडौं । वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजन रिलिज भएसँगै यसकी एक प्रभावशाली पात्र रिंकी अर्थात् भारतीय अभिनेत्री सान्विका पुन: एकपटक चर्चामा छिन् । उनलाई अहिले ‘नेसनल क्रस’ समेत भन्न थालिएको छ ।

मध्यप्रदेशकाे जबलपुरकी सान्विका आफ्नो साधारण र स्वभाविक अभिनयले दर्शकको मन जितिरहेकी छन् । वास्तविक नाम पूजा सिंह रहेकी उनले फिल्म उद्योगमा आएपछि आफ्नो नाम परिवर्तन गरेर सान्विका राखेकी थिइन् ।

इन्जिनियरिङकी विद्यार्थी सान्विकालाई सुरुमा अभिनयमा कुनै रुचि थिएन । एकपटक ज्योतिषीले कुरैकुरामा भनिदिए- ‘तपाईंले अभिनय क्षेत्रमा हात जमाउनु राम्रो हुन्छ ।’ यसपछि उनी जबलपुरबाट मुम्बई आइन् फिल्म क्षेत्रमा भविष्य बनाउनका लागि ।

विभिन्न विज्ञापन, साडड दृश्य गर्दै संघर्ष गरिरहेकी सान्विकाले अडिसन मार्फत ‘पञ्चायत’ मा काम गर्ने अवसर पाइन् ।

हालै भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा सान्विकाले आफ्नो नाम परिवर्तनको कारणबारे बताएकी छन् । ‘पूजा नाम कमन थियो । क्रेडिट रोलमा मेरो नाम पूजा सिंह भनेर आउँथ्यो । मलाई एक अलग स्टेज नामको जरुरत थियो । पूजा सिंह नामकी अर्की पनि कलाकार थिइन् । पूजा सिंहको कोटेसन मेरो फोटोका साथ अखबारमा छापिन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले मैले सोचें- नाम बदल्नुपर्छ । पञ्चायत सिजन १ सम्म मलाई पूजा सिंहकै नामले जान्नुहुन्थ्यो ।’

सान्विकाले जबलपुरमा इन्जिनियरिङ गरिन् । पढाइ सकेपछि उनी बैंगलुरु गइन् । ‘एक्टिङमा आउने मलाई कुनै रुचि थिएन । एक समय कन्फ्युज थिएँ लाइफमा के गर्ने भनेर । तब मैले एक ज्योतिषीलाई आफ्नो ग्रह-नक्षत्र देखाउन गएँ,’ उनले सुनाइन्, ‘उनले बताए जब लाइफमा मौका मिल्छ, एकपटक एक्टिङ अवश्य गर्नुहोला भनेर । त्यसपछि मलाई लाग्यो उनले सही भनिरहेका छन् । मेरी एक साथी फिल्म इन्डस्ट्रीमा आए । उनको कारण मेरो पनि एक्टिङ करिअर सुरु भयो ।’

सान्विकाले ११ कक्षामा पढ्दादेखि धेरै फिल्म हेर्न सुरु गरिन् । पहिले स्कुल र कलेजका कारण फिल्म हेर्ने समय नै उनलाई मिल्दैनथ्यो । कलेज बंक गरेर कहिलेकाहीं फिल्म हेर्न जान्थिन् । उनले अनुष्का शर्माको ‘एनएच १०’ हेरिन् । ‘यो फिल्म मलाई खुबै राम्रो लाग्यो । त्यसैबेलादेखि मेरो दिमागमा आयो- कुनै अभिनय गर्ने मौका मिल्यो भने अनुष्का शर्माको जस्तो रोल गर्न चाहन्छु,’ सान्विकाले सुनाइन्, ‘त्यसका साथै वेकअप सिड और ब्यान्ड बाजा बारात जस्तो फिल्म पनि निकै मनपर्‍यो । रणवीर कपुर र दीपिका पादुकोण मेरो फेभरेट भए ।’

सान्विकालाई इरफान खान र नसिरुद्धिन शाहको फिल्म हेर्न औधी रुचि लाग्छ । ‘समग्रमा शाहरुख खान र प्रियंका चोपडा मेरा आदर्श हुन्,’ उनले भनिन्, ‘यो मात्रै एक्टिङको कुरा होइन । वास्तविक जीवनमा पनि व्यक्ति कस्तो छ भन्नेमा फरक पर्छ । उनीहरु दुवै जब बोल्छन् मिनिङफुल लाग्छन् ।’

दैनिक भास्करको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?