+
+

भरतपुर महानगरले ‘रिङ कम्पोस्ट च्याम्बर’ वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १५:२४

१७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले ‘रिङ कम्पोस्ट च्याम्बर’ वितरण गर्ने भएको छ ।

फोहोरलाई स्रोतमा वर्गीकरण गरी फोहोर न्यूनीकरण गर्न तथा कम्पोस्ट मल बनाउन २९ वटै वडामा अनुदानमा च्याम्बर वितरण गर्ने भएको हो ।

महानगरले सोमबार सूचना जारी गर्दै च्याम्बर लिन चाहने सबै वडाका टोल विकास संस्था वा व्यक्तिले टोल विकास संस्था वा वडाको सिफारिस सहित कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटबाट रिङ कम्पोस्ट च्याम्बर खरिद गरिएको जनाएको छ । जसका खर्च दुवै पक्षले बराबर बेहोर्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् महानगरको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?