
१७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले ‘रिङ कम्पोस्ट च्याम्बर’ वितरण गर्ने भएको छ ।
फोहोरलाई स्रोतमा वर्गीकरण गरी फोहोर न्यूनीकरण गर्न तथा कम्पोस्ट मल बनाउन २९ वटै वडामा अनुदानमा च्याम्बर वितरण गर्ने भएको हो ।
महानगरले सोमबार सूचना जारी गर्दै च्याम्बर लिन चाहने सबै वडाका टोल विकास संस्था वा व्यक्तिले टोल विकास संस्था वा वडाको सिफारिस सहित कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटबाट रिङ कम्पोस्ट च्याम्बर खरिद गरिएको जनाएको छ । जसका खर्च दुवै पक्षले बराबर बेहोर्नुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् महानगरको सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4