+
+

एसईईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १५:२५

१७ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले एसईईको नजितामा सिंगो समाज अक्रोशित हुनुपर्ने बताएकी छन् ।

सोमबार संसद्‌मा भएको प्रश्नउत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एईईमा करिब ५३ प्रतिशत विद्यार्थी फेल भएको विषय उठाएका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले विद्यार्थीहरू फेल भएको भन्दा पनि यो हाम्रो चिन्त्रण भएको बताएन् । ‘कक्षा १० को नजितामा शिक्षा मन्त्रालय मात्र होइन, सिंगो समाज आक्रोशित हुनुपर्छ, ग्लानी महसुस गर्नुपर्छ र मैले गर्नुपर्ने काम गरेको छ कि छैन भनेर सोध्नुपर्छ’ उनले अगाडि भनिन्, ‘अब के सुधार गर्ने भनेर ध्यान दिनुपर्छ ।’

सरकारलाई कुरेर बस्न नहुने भन्दै उनले शिक्षकहरूलाई कक्षाकोठामा राख्न सबैले पहल गर्नुपर्ने बताइन् ।

संरचनागत सुधारका लागि मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यक्रम परिमार्जनका लागि आवश्यक निर्देशन दिइसकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?