+
+

बैंकिङ समूहले बढायो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १५:३०

१७ असार, काठमाडौं । बैंकिङ समूहको उच्च वृद्धिले समग्र सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक १६.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५३ अंकमा कायम भएको छ । कुल १७६ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ११ को स्थिर रह्यो । कुल २ अर्ब ९९ करोड रुपैयाँको कारोबर भयो ।

बैंकिङ सूचक सबैभन्दा धेरै २.०४ प्रतिशत (२१ अंक) बढेको छ ।  विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर १५, जीवन बीमा ५२, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा ५१, अन्य ३ र व्यापार समूह ४ अंक बढे । उत्पादन १३ र फाइनान्स समूहको सूचक भने २० अंक घटे ।

यस दिन हिमालय ऊर्जा विकास कम्पनीको मूल्य ९.७ प्रतिशत बढ्यो । दोर्दीखोला जलविद्युत्को ८.४, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५, अपरहेवाखोलाको ५.६, दोल्ती पावरको ५.२ तथा एनएमबी बैंकको ४.८ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । मैलुङखोला जलविद्युत्को ८.४, मनकामना स्मार्ट लघुवित्तको ३.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, युनाइटेड इदी मर्दी, दोर्दीखोला जलविद्युत् क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?