+
+

देशभरि ७९१ भन्सार एजेन्ट, ६७ ले गरेनन् इजाजतपत्र नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १६:०१
फाइल तस्वीर

१७ असार, काठमाडौं । देशभरि ७९१ जना भन्सार एजेन्टले नियुक्ति लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आव २०७९/८० मा मात्र ६१८ जना भन्सार एजेन्ट नियुक्त भएको जानकारी दिए । यसअघि नेपालमा १७३ जना भन्सार एजेन्ट थिए ।

७९१ जना भन्सार एजेन्टमध्ये ६७ जनाले चालु आव २०८०/८१ को हालसम्म भन्सार एजेन्ट इजाजतपत्र नवीकरण नगरेको उनले जानकारी दिए । २५ जनाले भने निवेदन दिइ आफ्नो भन्सार एजेन्ट इजाजतपत्र खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पुनका अनुसार अहिले देशभरि क्रियाशील भन्सार एजेन्टको संख्या ६९९ रहेको छ । अर्थमन्त्री पुनले संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो जानकारी गराएका हुन् ।

सांसदले भन्सार एजेन्टले भारतीयलाई सफ्टवेयर बेचेर भन्सारमा सामान घोषणा गराई कमिसन कुम्ल्याएको आरोप लगाउँदै यसमा कति सत्यता छ भन्दै सोधेका थिए ।

जवाफमा अर्थमन्त्री पुनले यसबारे भन्सार विभागमा कुनै सूचना तथा उजुरी नभएको स्पष्ट पारे ।

भन्सार एजेन्टलाई सम्बन्धित भन्सारमै बायोमेट्रिक हाजिरी गराउनु पर्ने र सामान घोषणाको कोटा प्रणाली लागु गर्नुपर्ने व्यवस्था नहुँदा दैनिक करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको प्रश्न समेत सांसदले राखेका थिए ।

जवाफमा अर्थमन्त्री पुनले भन्सार कार्यालयहरुमा भन्सार एजेन्टहरुको लागि बायोमेट्रिक हाजिरी गराउने कानुनी व्यवस्था नरहेको बताए ।

भन्सार नियमावली, २०६४ मा भने भन्सार एजेन्ट इजाजत पत्रवालाले भन्सार कार्यालयमा आफैं उपस्थित भई काम गर्नु पर्नेछ भन्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?