+

एन्फा यू–१८ युथ लिग असार ३० देखि

२०८१ असार  १७ गते १६:३१ २०८१ असार १७ गते १६:३१
एन्फा यू–१८ युथ लिग असार ३० देखि

१७ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । सहभागी टिमबीच डबल राउन्ड रोबिनका आधारमा खेलहरू खेलाइने एन्फाले जनाएको छ ।

क्लबहरूसँगको पटक–पटक छलफलपछि प्रतियोगिताको मिति तय गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिनेछन् ।

यसमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भने सहभागि छैनन् ।

यसअघि अखिल नेपाल फुटबल संघले ललित स्मृति यू१८ फुटबल प्रतियोगिता गर्दै आएको थियो । तर अहिले एन्फाले यू१८ युथ लिगबाट अर्को प्रतियोगिता गर्न लागेको हो । एन्फा प्रवक्ता सुरेश शाहले दुई छुट्टै प्रतियोगिता रहेको बताए । ‘यू१८ युथ लिग डबल राउण्ड रोविनका आधारमा ६ महिना सञ्चालन हुन्छ । यो ललित स्मृति यू१८ भन्दा फरक हो ‘

यू–१८ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय