+
+

जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : मन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १६:४२

१७ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

‘नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहनेछ भन्ने स्पष्ट लेखेका छौं,’ उनले भने ।

सांसदहरूले नेपालको जलस्रोतमा बाह्य मुलुकको लगानी रहेको र विदेशीको पकडमा पुगेको भनेर टिप्पणी गरेका थिए ।

जवाफमा मन्त्री बस्नेतले यस्तो आशंका गर्न आवश्यक नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?