+
+

सत्ता समीकरण फेरबदल हल्ला मात्रै हो : गृहमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १७:०१

१७ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हल्ला मात्रै भएको बताएका छन् ।

सोमबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन’ उनले भने, ‘मेरो भर्खरै दुई जना नेतासँग कुरा पनि भयो । कहिलेकाहीं केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?