+

पेरिस ओलम्पिकमा प्रिन्स दाहालले पाएनन् प्रशिक्षक

२०८१ असार  १७ गते १७:१८ २०८१ असार १७ गते १७:१८
पेरिस ओलम्पिकमा प्रिन्स दाहालले पाएनन् प्रशिक्षक

१७ असार , काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकमा प्रशिक्षक नपाउने भएका छन् ।

प्रशिक्षकको नाम दर्ता ढिलाइ हुँदा प्रिन्सले ओलम्पिकमा प्रशिक्षक नपाउने स्थिति बनेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

ओलम्पिक कमिटीका सचिव सुजनलाल श्रेष्ठले नेपालबाट प्रशिक्षक उपलब्ध नभएपछि प्रिन्सलाई सहयोगका लागि श्रीलंकाली प्रशिक्षक टोनी वाहयुदीलाई आग्रह गरेको बताए । ‘उहाँले नै प्रिन्सलाई ओलम्पिकमा हेरिदिने भन्ने कुरा भएको छ’, उनले भने ।

ओलम्पिकमा छनोट भएपछि प्रिन्सले श्रीलंकामा प्रशिक्षण गरिरहेका छन् । त्यहाँ उनलाई राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक सुदीप योञ्जन र श्रीलंकाली राष्ट्रिय टिमका प्रशिक्षक वाहयुदीले प्रशिक्षण दिएका छन् । ओलम्पिकमा प्रिन्सको प्रशिक्षकको बेन्च भने खाली नै रहनेछ ।

प्रिन्स प्रशिक्षण सकेर १० दिनपछि नेपाल फर्किनेछन् ।

त्यस्तै अन्य दुई खेलाडी स्यान्टु श्रेष्ठ र सन्तोषी श्रेष्ठको पनि प्रशिक्षक दर्ता ढिलाइ भएको छ । यसका कारण उनीहरु दुवैको पनि प्रशिक्षक जाने नजाने टुंगो हालसम्म लागिसकेको छैन ।

‘स्यान्टु पनि अन्तिम समय तिर ओलम्पिक छनोट भएका हुन् । जसले गर्दा हामीले प्रशिक्षकको नाम दर्ता गर्न ढिला भयो । तर सन्तोषी र स्यान्टुको प्रशिक्षकका लागि भने आईओसी (इन्टरनेसनल ओलम्पिक कमिटी)ले केही लचकता देखाउने जस्तो कुरा भइरहेको छ’, श्रेष्ठले भने ।

पेरिस ओलम्पिक प्रिन्स दाहाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय