+
+

कलाकार बन्ने सपना पूरा गर्न थिएटर कम्पनीमा एकाउन्टेट बनेका थिए विजय सेतुपति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १७:३३

काठमाडौं । हालै रिलिज भएको फिल्म ‘महाराजा’ बाट तमिल स्टार विजय सेतुपतिले प्रशंसा बटुलिरहेका छन् । हालै उनले आफ्नो करिअर यात्राबारे भेराइटीसँग कुरा गरे । उनी अभिनेता बन्नुअघि एक एकाउन्टेन्ट थिए । तर उनी पहिलेदेखि नै अभिनेता बन्न चाहन्थे ।

भेराइटीको रिपोर्टअनुसार आफ्नो यही सपना पूरा गर्नका लागि उनी सुरुवातमा थिएटर कम्पनीमा आवद्ध भए, जहाँ एकाउन्टेन्टको पद खाली थियो ।

विजयले भने, ‘मैले सोचें, यदि म एकाउन्टेन्ट भएर काम गरें भने हरेक दिन कलाकारलाई देख्न पाउँछु । म उनीहरुकै साथ रहन सक्छु । कुरा गर्न सक्छु । म बुझ्न सक्छु अभिनय के हो ? यो सबै मेरा लागि पाठ हुनेथियो । यहाँसम्म कि लन्चमा उनीहरुकै साथ हुन पाउँथे । यसले मलाई धेरै कुरा सिकाउँथ्यो । त्यसैले मैले त्यहाँ एकाउन्टेन्टको रुपमा काम गरें ।’

विजयले आफ्ना सन्तानसँगको सम्बन्धबारे पनि कुरा गरे । उनी एक छोरा र एक छोरीका बाबु हुन् । ‘म आफ्नी छोरीलाई धेरै माया गर्छु । उनी ममाथि हाबी भएको मलाई सधैं खुसी लाग्छ । म उनलाई अम्मा (आमा) र छोरालाई अप्पा (बुबा) सम्बोधन गर्छु,’ उनले भने ।

विजयले आफ्नो बच्चासँग खुलेर कुरा गर्नुपर्नेमा पनि जोड दिए । उनले बच्चासँग आफ्नो कामको विषयमा पनि कुरा गर्ने गरेको खुलाए ।

विजयले भेराइटीसँग भने, ‘जब म कुनै फिल्मको सुटिङमा जान्छु । कुनै मनछुने दृश्य छ भने म सधैं आफ्नो बच्चासँग सेयर गर्छु । म बच्चाहरुको सुझावलाई गम्भीरतापूर्वक लिने गर्छु ।’

उनले अगाडि भने, ‘म प्राय: उनीहरुसामु आफूलाई बाबुको रुपमा पेश गर्दिनँ । किनकि कहिलेकाहीं म आफैं बच्चा बनिदिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?