
एमालेबाट मन्त्री बनेका नेताहरु ।
१७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् ।
सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् । ‘बालकोटमा आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले भने ।
अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।
एमाले अध्यक्ष ओलीको सचिवालयले भने एमालेका मन्त्रीहरुलाई बालकोट नबोलाइएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4