+
+

प्रधानमन्त्री कहिले बन्ने ? ओलीको ठट्यौली जवाफ – यो वर्ष बनिन्छ जस्तो लाग्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १७:५८

१७ असार, काठमाडौं । गत शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि राष्ट्रिय राजनीति तरंगित छ ।

यो भेटघाटलाई सामान्य शिष्टाचार भेट भन्नेदेखि सत्ता गठबन्धन फेरबदलको तयारी हो भन्नेसम्म विश्लेषण भएका छन् ।

देउवा र ओलीको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग दुई पटक भेट गरिसकेका छन् । यी भेटघाटले नेपालको राजनीतिमा केही नयाँ घटनाक्रम विकास भइरहेको संकेत गरेको छ ।

शीर्ष नेताहरुबीच भएको भेटबारे कांग्रेस र एमालेकै धेरै नेताले थाहा नभएको प्रतिक्रिया दिइरहेका छन् भने देउवा र ओलीले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले एमाले अध्यक्ष ओलीलाई यही विषयमा सोधे ।

ओलीलाई पत्रकारहरूले तपाईं प्रधानमन्त्री हुने चर्चा छ, कहिले बन्ने, शपथ कहिले हो भनेर प्रश्न गरे । हसिलो मुद्रामा देखिएका ओलीले ठट्यौली पारामा जवाफ दिए, ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’

संक्षिप्त प्रतिक्रिया दिएर उनी गाडी चढ्नै लाग्दा पत्रकारहरूले फेरि प्रश्न गरे । देशले तपाईंलाई प्रधानमन्त्रीको रूपमा खोजिरहेको छ नि ? ओलीले संक्षिप्त प्रतिक्रिया दिए, ‘त्यो त राम्रै हो ।’

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?