+
+

मेरो सेयर र डिम्याट खाता नवीकरण ईसेवा एपबाटै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १७:४८

काठमाडौं । मेरो सेयर र डिम्याट खाता नवीकरण ईसेवा एपबाट सजिलै गर्न सकिने भएको छ ।

मेरो सेयर डिम्याट खाता नवीकरण गर्न ईसेवा एपभित्र रहेको फाइनान्सियल पेमेन्ट्सभित्र रहेको मेरोसेयर र डिम्याट अप्सनमा जानु पर्ने हुन्छ ।

त्यसपछि आफ्नो निक्षेप सदस्य (डीपी) छानेर क्लाइन्ट आईडीमा बीओअईडीको अन्तिम ८ अंक राखेपछि नवीकरण गर्न चाहेको मेरोसेयर अथवा डिम्याट  अथवा दुवै छानेर भुक्तानी गर्न सकिनेछ ।

ईसेवाले आफ्नो ग्राहकलाई मेरोसेयर/डिम्याट नवीकरण गर्दा लक्की ड्रमार्फत हरेक हप्ता एक जना भाग्यशाली ग्राहकलाई १ थान बेन्को स्मार्ट फोन दिँदै आएको छ । यो अफर ३ भदौसम्म कायम रहने छ ।

हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?