
काठमाडौं । मेरो सेयर र डिम्याट खाता नवीकरण ईसेवा एपबाट सजिलै गर्न सकिने भएको छ ।
मेरो सेयर डिम्याट खाता नवीकरण गर्न ईसेवा एपभित्र रहेको फाइनान्सियल पेमेन्ट्सभित्र रहेको मेरोसेयर र डिम्याट अप्सनमा जानु पर्ने हुन्छ ।
त्यसपछि आफ्नो निक्षेप सदस्य (डीपी) छानेर क्लाइन्ट आईडीमा बीओअईडीको अन्तिम ८ अंक राखेपछि नवीकरण गर्न चाहेको मेरोसेयर अथवा डिम्याट अथवा दुवै छानेर भुक्तानी गर्न सकिनेछ ।
ईसेवाले आफ्नो ग्राहकलाई मेरोसेयर/डिम्याट नवीकरण गर्दा लक्की ड्रमार्फत हरेक हप्ता एक जना भाग्यशाली ग्राहकलाई १ थान बेन्को स्मार्ट फोन दिँदै आएको छ । यो अफर ३ भदौसम्म कायम रहने छ ।
हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4