+
+

होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १७:५१

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ ।

सोमबारदेखि सुरु भएको उक्त क्याम्प २१ असारसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोबीघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो ।

५ दिनसम्म चल्ने क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षण साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रुपमा गराउन पाउनेछन् ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेबर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ ।

साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसी रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?