+

भारतले विश्वकप जित्नुका ८ आधार

२०८१ असार  १७ गते १९:३८ २०८१ असार १७ गते १९:३८
भारतले विश्वकप जित्नुका ८ आधार

१७ असार, काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकप उपाधि जित्यो ।

यो विश्वकपमा भारत लगातार ८ खेलमा अपराजित रहँदै च्याम्पियन बनेको हो । पहिलो संस्करण सन् २००७ को उपाधि जितेपछि भारतले १७ वर्षपछि टी–२० विश्वकप च्याम्पियन बनेको थियो ।

पछिल्लो एक दशकमा भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपनि सेमिफाइनल वा फाइनलमा हार व्यहोरिरहेको थियो ।

सन् २०११ यता भएका आईसीसीका प्रतियोगितामा भारत २०२१ को टी–२० विश्वकपबाहेक अन्य सबैमा नकआउटमा पुगेर स्तब्ध भएको थियो । तर यस पटक भारतले त्यो गल्ती गरेन । भारतले उपाधि जित्नु पछाडिका ८ आधार यस प्रकार छन् ।

१. नकआउटमा ब्याटरको राम्रो प्रदर्शन

यसअघि भारतले उपाधि जित्न नसक्नुको मुख्य कारण नकआउट खेलमा ब्याटरको खराब प्रदर्शन थियो । त्यसको प्रमुख उदाहरण हो, सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल । न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउनेक्रममा भारत २२१ रनमा अल आउट भएको थियो ।

Jasprit Bumrah gets through Marco Jansen, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

२०२३ को एकदिवसीय विश्वकप फाइनलमा अष्ट्रेलियासँग २४० रनमा अल आउट भएको थियो । तर यस पटक भारतले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध १७१ र दक्षिण अफ्रिकाविरुद्ध १७६ रन बनाउँदै जितको आधार बनाएको थियो ।

२. स्पिन कन्डिसनको साथ

भारतले उपाधि जित्नुको अर्को मुख्य आधार स्पिन सहयोगी पिच पनि हो । किनभने उपाधिका अरु दाबेदार अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड स्पिनविरुद्ध संघर्ष गर्दै आएका छन् । स्पिन भारतको सदाबहार प्रमुख हतियार हो ।

Shivam Dube had no option but to go for broke from the moment he walked out, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

त्यसैको कारण तीव्र गतिका बलर मोहम्मद शिराजलाई बाहिर राख्दै भारतले तीन स्पिनर खेलाएको थियो । इंग्ल्यान्डलाई १०३ रनमा अल आउट गर्न भारतका अक्षर पटेल र कुलदीप यादवले ३–३ विकेट लिएका थिए ।

यस विश्वकपमा स्पिन आक्रामण मजबुत भएका सबै टोलीको नतिजा राम्रो रह्यो । स्पिन पिचको भरपूर फाइदा उठाउँदै पहिलो पटक अफगानिस्तान सेमिफाइनलमा पुगेको थियो ।

३. रोहितको कप्तानी र उत्कृष्ट प्रदर्शन

भारतले उपाधि जित्नुमा कप्तान रोहित शर्माको राम्रो नेतृत्व र प्रदर्शन अर्को आधार हो । अष्ट्रेलियाविरुद्ध २०५ रन बनाउन रोहितले ४१ बलमा ७ चौका र ८ छक्कासहित ९२ रनको आक्रामक इनिङ खेलेका थिए । त्यस क्रममा मिचेल स्टार्कलाई एकै ओभरमा २९ रन हानेका थिए । सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ५७ रन बनाएका थिए । कप्तान आफैंले प्रदर्शन गरेपछि अन्य खेलाडीको मनोबल स्वतः बढ्छ ।

Rohit Sharma drops to his knees in celebration, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३४–३ को अवस्थामा अक्षर पटेललाई ब्याटिङमा पठाउने निर्णय होस् वा ट्रबिस हेडको विकेट निकाल्न जस्प्रित बुमराहलाई बलिङमा लगाउँदा । वा दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको अवस्थाबाट खेलमा पूनरागमन गर्न रोहितले कप्तानी महत्वपूर्ण थियो ।

४.जस्प्रित बुमराहको उत्कृष्ट बलिङ

भारतलाई विश्वकप उपाधि जिताउन तीव्र गतिका बलर जस्प्रित बुमराहको योगदान महत्वपूर्ण रह्यो । सुरुवातमा र डेथ ओभरमा गरी बुमराहले उत्कृष्ट बलिङ गरे । उनले यस विश्वकपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जिते ।

पाकिस्तानलाई हराउन मोहम्मद रिजवान, इंग्ल्यान्डलाई हराउन फिलिप साल्ट, अष्ट्रेलियालाई हराउन ट्रविस हेड र दक्षिण अफ्रिकालाई हराउन मार्को यानसनको विकेट लिने बुमराह नै थिए । यी सबै विकेट भारतका जितका आधार हुन् ।

Jasprit Bumrah bowls Marco Jansen, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

कुनैपनि ब्याटरले बुमराहविरुद्ध आक्रामक खेल्न सकेनन् । जसले गर्दा विपक्षी ब्याटरलाई दबाब बढी भयो । त्यो दबाबमा अन्य बलरलाई विकेट लिन सहज भएको थियो । बुमराहले यस विश्वकपमा २९.४ ओभरमा मात्रै १२४ रन खर्चेर १५ विकेट लिए ।

६ .स्वतन्त्र क्रिकेट र उच्च मनोबल

भारतले यस पटक विना दबाब आफ्नो स्वतन्त्र क्रिकेट खेल्न प्रयास गर्‍यो । यसअघि शीर्षक्रम नचल्दा भारतीय ब्याटर दबाबमा आएर आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् । विशेष गरी बाउन्ड्रीको जोखिम लिन डराउने गर्दथे । गतवर्ष अष्ट्रेलियाविरुद्ध फाइनलमा तेस्रो विकेटको रुपमा श्रेयस ऐयर आउट भएपछि कोहली र लोकेस राहुलले ९९ बलसम्म कुनै बाउन्ड्री हानेका थिएनन् ।

Virat Kohli soaks in the winning moment, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

तर यसपटक खराब सुरुवातमा पनि आक्रामक क्रिकेटलाई ध्यान दिए । अर्कोतर्फ स्पिन कन्डिसन हुँदा भारतीय खेलाडीको मनोबल पनि सुरुवातदेखि नै उच्च थियो । दक्षिण अफ्रिकाविरुद्धको खेल आफ्नो नियन्त्रणबाहिर पुगिसकेकेको अवस्थाबाट पुनः खेलमा फर्किनु नै उच्च मनोबलको कारण हो ।

७. मजबुत बलिङ आक्रामण

भारतले उपाधि जित्नुमा मजबुत बलिङ आक्रमण अर्को कारण हो । पाकिस्तानविरुद्ध ११९ रन बनाए पनि भारत ६ रनले विजयी भएको थियो । यस विश्वकपमा तीव्र गतिका बलर अर्शदीप सिंहले १७ र बुमराहले १५ विकेट लिए ।

Hardik Pandya ended David Miller's stay, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

हार्दिक पान्ड्याले ११, कुलदीप यादवले १० र अक्षर पटेलले ९ विकेट लिए । भारतका सबै प्रमुख पाँच बलरले प्रतियोगितामा राम्रो गर्दा टोलीलाई च्याम्पियन बनाए ।

८.सूर्यको उत्कृष्ट क्याच

दक्षिण अफ्रिकालाई अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । बलरमा हार्दिक पाण्ड्या थिए । ब्याटिङमा डेभिड मिलर । मिलर वर्तमान समयका उत्कृष्ट फिनिसर हुन् । यस्ता थुपै्र खेल मिलरले आफ्नो उत्कृष्ट ब्याटिङबाट जिताएका छन् ।

Eye-conic - How Suryakumar Yadav caught David Miller out, India vs South Africa, T20 World Cup final, Bridgetown, Barbados, June 29, 2024

हार्दिकको पहिलो फुलटस बलमा मिलरले ठूलो सट खेलेका थिए । तर लङअफमा सूर्यले मिराकल क्याच लिएपछि दक्षिण अफ्रिकाको जितको सम्भावना सकिएको थियो । मिलरको त्यो बल छक्का गएको भए बाँकी ५ बलमा १० रन चाहिन्थ्यो । त्यो अवस्थामा भारतको जितको सपना फेरि अधुरै हुन सक्थ्यो ।

आईसीसी टी–२० विश्वकप २०२४ भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय