+
+

चिकित्सक संघ कोशीको अध्यक्षमा राजेन्द्र चौधरी, महासचिवमा बालकृष्ण साह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १८:२५

काठमाडौं । नेपाल चिकित्सक संघ, कोशी प्रदेशको अध्यक्षमा डा. राजेन्द्र चौधरी निर्वाचित भएका छन् । सोमबार विराटनगरमा भएको संघको अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । संघले उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको कोशी प्रदेश शाखाको वरिष्ठ उपाध्यक्षमा डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा डा. शिलावन्त सेन श्रीवास्तव, महासचिवमा डा. बालकृष्ण साह, सहसचिवमा डा. रामकुमार यादव, कोषाध्यक्षमा डा. सुनिल रेग्मी र सहकोषाध्यक्षमा डा. तेजेन्द्र कार्की निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित चौधरी यसअघि संघको महासचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?