+
+

मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ : यो गठबन्धन लामै समय जान्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १८:५४
मन्त्रिपरिषद बैठकको फाइल तस्वीर ।

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकमा उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीले अहिलेको सहकार्य लामै समय जाने बिफ्रिङ गरेका छन् ।

‘असमझदारी बढे भन्ने चर्चा परिचर्चा असत्य हुन्, यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भन्ने ब्रिफ गर्नुभएको छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?