+
+

मोरङबाट लागुऔषध कारोबारको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १९:१८

१७ असार, विराटनगर । मोरङ प्रहरीले ३३ ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बाट ४४ वर्षीय अमृतबहादुर भुजेल पक्राउ परेका हुन् ।

लागुऔषध मुद्दाको अनुसन्धानका लागि प्रहरीले सुनसरी अदालतबाट गत माघमा पक्राउ अनुमति लिएको थियो ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ का स्थायी बासिन्दा भुजेल सुन्दरहरैँचा–४ मा बस्दै आएका थिए । भुजेलको साथबाट प्रहरीले ६० हजार रूपैयाँ नगद, २ वटा मोबाइल र उनले प्रयोग गर्ने प्रदेश १–०२–०५१ प ५३६६ नम्बरको स्कुटर पनि बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट खैरो हेरोइन ल्याएर विभिन्न ठाउँमा वितरण गर्ने धन्दामा उनको संलग्नता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?