+

टियू बीबीएम कप फुटसल प्रतियोगिताको पाँचौं संस्करण भोलिदेखि

२०८१ असार  १७ गते १९:२४ २०८१ असार १७ गते १९:२४
टियू बीबीएम कप फुटसल प्रतियोगिताको पाँचौं संस्करण भोलिदेखि

१७ असार, काठमाडौं। टियु बिबिएम कप फुटसल प्रतियोगिताको पाँचौं संस्करण असाढ १८ गते भोलिदेखि सुरु हुने भएको छ ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु), शंकरदेव क्याम्पसले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

चन्द एण्ड ब्रदर्स प्रा.लिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका वडा नं ६ बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुनेछ । तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतले गर्नेछन् ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार व्यवस्थापनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ हजार ५०० तथा विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिनेछ ।

शंकरदेव क्याम्पस प्रतियोगिताको साविक विजेता हो । प्रतियोगितालाई त्रिभुवन विश्वविद्यालयले प्राविधिक सहयोग गर्नेछ ।

टियू बीबीएम कप फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय